Rule 24
विशेष अवस्थामा राहदानी जारी गर्ने
(१) ऐनको दफा २० बमोजिम विशेष अवस्थाको राहदानी लिन चाहने व्यक्तिले अनुसूची-४ बमोजिमको दस्तुर र देहायका कागजात संलग्न गरी सम्बन्धित नियोग समक्ष निवेदन दिनु पर्नेछ:-

(क) नाबालक परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,

(ख) पहिले राहदानी लिएको भए सोको प्रतिलिपि,

(ग) निवेदकको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिको राहदानीको प्रतिलिपि,

(घ) निवेदकको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिको नागरिकताको प्रमाणपत्र वा निवेदकको बाबु, आमा, संरक्षक वा माथवर व्यक्तिले. राष्ट्रिय परिचयपत्र लिएको भए सोको प्रतिलिपि,

(ङ) विदेशी मुलुकको नागरिकता नलिएको र नागरिकताको लागि निवेदन नदिएको व्यहोराको कागजात ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी नियोगले निबेदकलाई ऐनको दफा २० बमोजिमको अवधिको लागि राहदानी जारी गर्नेछ ।

(३) उपनियम (२) बमोजिम निवेदन जाँचबुझ गर्दा रीत नपुगेको वा आवश्यक कागजात पेश नभएको कारण राहदानी जारी हुन नसक्ने भएमा नियोगले निवेदनमा सोही व्यहोरा जनाई सोको जानकारी निवेदकलाई दिनु पर्नेछ । त्यसरी राहदानी जारी हुन नसकेमा निवेदनसाथ दाखिल गरको दस्तुर फिर्ता हुने छैन।